जुम्ल्याहाले पारे शिक्षकलाई सकस

03:12 Posted by npnews

बेलायतको एक प्राथमिक विद्यालयमा पढ्ने ६१ जना विद्यार्थीमध्ये ५ जोडी अर्थात् १० जना त जुम्ल्याहा नै छन् । यो वर्ष तिन वर्षका जुम्ल्याहा नर्सरी कक्षामा भर्ना भएसँगै उक्त प्राथमिक विद्यालयमा जुम्ल्याहाको संख्या १० पुगेको हो । यसको अर्थ यो विद्यालयमा हरेक ६ जनामा एक जना जुम्ल्याहा छन् ।
कुम्बि्रया क्षेत्रमा रहेको क्रस्थवाइट स्कुलमा पढ्ने सबैभन्दा कान्छा जुम्ल्याहा ह्यारी र रुवेन हुन् । उनीहरु तिन वर्षका छन् । सबैभन्दा बढि उमेरका जुम्ल्याहा १० वर्षका क्लोई र सोफी हुन् ।
पाँच जोडी जुम्ल्याहा मध्ये एक जोडी केटाकेटी छन् भने २-२ जोडी केटा-केटा र केटी-केटी छन् । साँच्चीकै यो स्कुल जुम्ल्याहाको स्कुल नै बनेको छ र स्कुलमा जुम्ल्याहालाई भर्ना हुन विद्यालयले स्वागत गर्ने गरेको छ । तर शिक्षकहरुलाई जुम्ल्याहा चिन्न भने कहिलेकाहीँ मुस्किल पर्दो रहेछ । त्यसैले केही जुम्ल्याहाका बाउआमाले आफ्ना जुम्ल्याहा छोराछोरीलाई भिन्नाभिन्नै रङका कपडा लगाइदिने गरेका छन् ।

  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment