गण्डक नहरमा मलामी बोकेको ट्याक्टर खस्दा ४ जनाको मृत्यु

02:30 Posted by npnews


breaking newsनवलपरासी ,बैशाख १९ । दाहसंस्कारका लागि शव लिएर नवलपरासीको त्रिवेणी जादै गरेको ट्याक्टर त्रिवेणीको रानीनगरमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।एक दर्जन यात्रु घाइते भएका छन् ।
उक्त दुर्घटनामा रानी बगरबाट त्रिवेणी तर्फ जाँदै गरेको लु १ त ११५९ नम्बरको ट्याक्टर दुर्घटना भएका हो ।
दुर्घटनामा मृत्यु हुने भारत विहरका निसर महम्मत, सुर्यनराययण सुनार र बिवान मुस्लिमको मृत्यु भएको छ । अर्का मृतकको सनाखत भएको छैन । भारतको महाराजगञ्ज जिल्ला स्थित ठुठिबारीको राजाबारीवाट शव लिएर त्रिवेणी जादै गरेको लु १ त ११५९ नम्बरको ट्यक्टर त्रिवेणी स्थित रानिनगरमा रहेको भारतीय पश्चिम गण्डक नहरमा खस्दा सो दुर्घटना भएको हो । दुर्घटनामा पर्ने सबै भारतको महाराजगञ्ज ठुठिबारी गाउं पञ्चायतका हुन् ।
एकवर्ष अगाडि सोहि नहरमा तिर्थालु बोकेको बस दुर्घटना हुदा तिन जना नेपाली नागरिक र भारतिय नागरिक गरि ३४ जनाको ज्यान गएको थियो ।

  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment