आधा बिहे गरेपछि बेहुली अस्वीकार(भिडीयो )

08:27 Posted by npnews

भिडीयो हेर्नको लागि तलको बक्समा क्लिक गर्नु होला
३० वैशाख, काठमाडौं । कुरो सुन्दै अचम्म लाग्न सक्छ, केटी मागेर जन्तीसहित जग्गेमा बस्न पुगेका एकजना बेहुलाले सोमबार राजधानीमा बेहुली वरिपरि जग्गेमा तीन फन्का घुमिसकेपछि बिहे नगर्ने निर्णय गरेका छन् ।
बालुवाटारका अनील चौलागाईले स्वयंमर गरेपछि अकस्मात् बिहे गर्दिँन भन्दै बेहुलीलाई छाडेका हुन् । धादिङ घर भई बालाजु बस्दै आएकी खनाल थरकी बेहुलीसँग स्वयंवर गरेपछि उनले बिहे नगर्ने घोषणा गरेका हुन् ।
बिहे भइरहेका बेला जग्गेबाट उठी माला र टोपी फुकालेर हातमा लिएका उनले परिवारको करकापमा मण्डपसम्म आएको बताएका छन् । ‘विवाह हुन लागेको छ भनेर मलाई अस्ति मात्र खबर गरेको होे’ उनले भने-’मलाई दुई हप्ता समय दिनुस् भन्दा पनि कर गरेर लिएर आए ।’
विवाहको विषयलाई लिएर घरमा झगडा नै भएको चौलागाईको दाबी छ । तपाईको अन्य युवतीसँग प्रेम छ कि ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले ‘छैन’ भनेर जवाफ दिए । बेहुली पक्षले भने सहमतिमा नै विवाह हुन लागेको तर, चौलागाईले कसैको भड्काउमा लागेर आफूहरुको बेइज्यत गरेको आरोप लगाएका छन् । सबैले मनाउन खोजे पनि चौलागाई नमानेपछि बेहुली पक्षले क्षतिपूर्तिसहित सार्वजनिक माफीको माग गरेका छन् । बेहुली पक्षले प्रहरीमा उजुरी दिनुका साथै चौलागाईको आधा सम्पत्ति माग गरेका छन् ।onlinekhabar
भिडीयो हेर्नको लागि तलको बक्समा क्लिक गर्नु होला
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment