हनुमानढोकाको ढुकुटीमा ४० करोडको चाँदी भेटियो (भिडियोसहित)

09:24 Posted by npnews

काठमाडौं, वैशाख २५ । विश्व सम्पदा सूचीमा सुचिकृत ऐतिहासिक हनुमानढोका दरवार परिसरभित्र रहेको ढुकुटीमा ४० करोड भन्दा बढी मूल्य बराबरको चाँदी भेटिएको छ । गत चैत्र २२ गते ढुकुटी खोलिएपनि आज फेरि सोही ढुकुटी खोलेर त्यहाँ रहेको चाँदीको तौल लिइएको हो । 

संस्कृति तथा पर्यटनमन्त्री रामकुमार श्रेष्ठको उपस्थितिमा तौलिएको चाँदीको मूल्य ४० करोड रुपैयाँ भन्दा वढी हुने जनाइएको छ । ढुकुटीभित्र पाइएका चाँदीमा बेलायतमा निर्मित ४९ वटा शुद्ध चाँदीका इट्टा समेत छन् । बेलायतमा निर्मित ती इट्टा ३३ किलो सम्मका छन् । आज ६७ थान चाँदीका इट्टाहरु नापतौल गरिएको हो । 
 
चाँदीको तौल लिइएपछि मन्त्री श्रेष्ठले अरबौं रुपैयाँका ऐतिहासिक सामग्रीको सुरक्षाका लागि सम्पूर्ण ब्यवस्था मिलाइएको हामीलाई जानकारी दिए ।
 
सातामा चार दिन हनुमानढोकाभित्र रहेका ऐतिहासिक सामाग्रीहरुको लगत मूल्यङ्कन गरिने हनुमान ढोका दरवार संरक्षण समितिले जनाएको छ । 

ढुकुटीभित्र रहेका ७ वटा सेफ, १५ वटा फलामका कन्टिनर गरी जम्मा ४४ थान विभिन्न बाकसहरु खोल्न बाँकी छ । यसअघि विक्रम सम्वत १९७० र २०१५ सालमा हनुमानढोकामा रहेको ढुकुटी खोलिएको थियो ।
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment