उत्तर कोरियाले मिसाइल वापस लागे पछी दक्षिण कोरियामा खुशियाली

17:51 Posted by npnews

२४ बैशाख, एजेन्सी । कोरियाली प्रायद्धिपमा चलिरहेको तनावको अवस्था केही समयअगाडि देखी केहि सेलाएको छ । दक्षिण कोरिया, अमेरिका र उत्तर कोरियाको युद्ध गर्ने स्तरसम्म पुगेको विवादले अहिले भने सामान्य रूप लिइरहेको छ । 
आज भोली नै युद्ध हुन सक्ने सम्भावना जस्तो दैखिँदै आएको भएपनि अब भने युद्धको सम्भावना निकै कम भएको छ । दुवै तर्फबाट आरोप-प्रत्यारोपको कमी भएको देखिएको छ भने युद्ध नहुने सम्भावना बलियो हुनुको अर्को आधार पनि उत्तर कोरियाले तयार गरेको छ ।

 उसले परिक्षणका लागी तेर्स्याएका केहि मिसाइलहरू फिर्ता लगेपछी अब युद्धको खतरा टरेको बताइएको छ । उत्तर कोरियाले आफ्ना मध्यम दुरीका मुसुदान नामका मिसाइलहरु फिर्ता गरेको अमेरिकी रक्षा मन्त्रालयले सोमबार दिएको रिपोर्टमा भनिएको छ । यसरी मिसाइल हटाइएको सुचना पाएपछी दक्षिण कोरियाली तथा अमेरिकी नागरिकमा समेत खुसियाली छाएको छ । युद्ध हुने तथा आक्रमण हुन सक्ने सम्भावनाबाट केही पर हट्न पाएकोमा उनीहरु खुसी भएका हुन् । युद्धको भयमा केही समयदेखी डराईरहेका उनीहरूले अब युद्ध नहुने संकेत पाएपछी शान्तिको स्वास समेत लिन पाएका छन् । 
उक्त मिसाइलहरू करिब ३ हजार किमी देखी ३५ सय किमी सम्मका रहेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । ती मिसाइलहरू फिर्ता पठाइएकोमा आफू विश्वस्त रहेको समेत पेन्टागनका केहि अधिकारीहरुले जनाएका छन् । उनीहरूले ती मिसाइलहरू अन्य ठाऊँमा परिक्षणका लान पनि सक्ने बताउँदै एक अधिकारीले आफूहरू उत्तर कोरियाले यस्तो गर्न लागेकोमा विश्वस्त भएको जनाएको छ । 
यसैबीच दक्षिण कोरियाका राष्ट्रपति पार्क गुएन हायले आज अमेरिकी राष्ट्रपतिसँग भेटवार्ता गर्ने भएका छन् । राष्ट्रपति निवास व्हाइट हाउसमा भेटवार्ता हुन लागेको समाचारमा जनाइएको छ ।
भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला !
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment