नेपाली शिक्षक कतारको जेलमा

01:38 Posted by npnews



२७ वैशाख, दोहा कतार । कतारको एक निम्न माध्यमिक विदालयमा पढाउँदै आएका नेपाली शिक्षक दोर्जे गुरुङ यतिबेला फन्दा छन् ।
कतार एकेडेमीमा रसायनशास्त्रका शिक्षक गुरुङका सहकर्मीहरुलाई उदृत गर्दै दोहा न्युजले जनाएअनुसार विद्यार्थीलाई पढाउने क्रममा एक दिन उनको सामान्य विवाद भयो । ‘अपि्रल २२ मा तीन विद्यार्थीले दोर्जेलाई चाइनिज हिरो ज्याकिच्यान भन्दै जिस्क्याए’ दोहा न्युजले लेखेको छ । ‘अपि्रल २३ मा लन्चमा बस्दा एउटा विद्यार्थीले कुममा हात राखेर नाकमा औला घोचिदिएपछि दोर्जेले कस्तो नसुहाउने काम गरेको भन्दै हप्काएका थिए । ‘ त्यसपछि रिसाएका विद्यार्थीले धार्मिक अनादर गरेको आरोप लगाइदिएपछि उनी फन्दामा परेको कान्तिपुर दैनिकमा खबर छ । उक्त आरोपमा उजुरी परेपछि प्रहरीले पक्राउ गरी उनलाई बिहीबार तल्लो अदालतमा उपस्थित गराएको छ । दोर्जे विरुद्ध १२ बर्षे विद्यार्थीले उजुरी दिएका हुन् ।
विद्यालयले पनि उक्त विवाद पछि दोर्जेलाई सेवाबाट निष्कासन गरेको छ । कतार एकेडेमीले भने यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment