संविधानसभा चुनावमा पूर्वराजा ज्ञानेन्द्र शाहको रणनीति बन्दै

01:47 Posted by npnews

भिडीयो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला !!!
२१ वैशाख, काठमाण्डौं । आउने संविधानसभा चुनावमा पूर्वराजा ज्ञानेन्द्र शाह पनि अप्रत्यक्ष रुपमा होमिने भएका छन् । जानकार स्रोतहरुको दाबी छ,’दरबार अहिले चुनावी रणनीति बनाउन व्यस्त छ ।
सरकारले चुनावको मिति नतोके पनि दरबार आगामी चुनावको रणनीति बनाउन जुटेको हो । दरबारका ‘विश्वासिला’ केही व्यक्तिले आगामी चुनावमा दरबारको भूमिका के हुने र कसलाई सहयोग गर्ने भन्ने विषयमो रणनीति ड्राफ्ट गरेका छन् । जसलाई अन्तिम रुप दिन पूर्वराजा ज्ञानेन्द्र कहाँ पठाइएको छ ।
स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्रले ड्राफ्टमा समर्थन जनाउँदै अन्तिम रुप दिएपछि त्यसलाई कार्यान्वयनमा ल्याइनेछ । ‘चुनावी रणनीतिक समाबेश गरेर तयार गरिएको ड्राफ्टलाई मूर्तरुप दिन निर्मल निवास पठाइएको छ, प्यालेसले अन्तिम रुप दिएपछि कार्यान्वयनमा आउनेछ,’ स्रोतलाई उदृत गर्दै सौर्य दैनिकले खबर छापेको छ ।
अघिल्लो संविधानसभा चुनाबमा मौन बसेको दरबार आगामी चुनावमा भने अप्रत्यक्ष ढंगले चुनावी मैदान उत्रिने लगभग पक्का भएको स्रोतको भनाई छ । ‘पूर्वराजा र उनको परिवार प्रत्यक्ष निर्वाचनमा आउने कुरा त भएन तर अप्रत्यक्ष रुपमा चुनावमा आउने निश्चित छ,’ स्रोतले भन्यो, ‘कुन शक्तिलाई कसरी सहयोग गर्ने अहिले त्यही विषयमा छलफल भइरहेको छ ।
भिडीयो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला !!!
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment