महिलाको जीउमा पुरुष प्रहरीको हात (तस्वीरसहित)

01:18 Posted by npnews

२ जेठ, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले आफूहरुले गरेको शान्तिपूर्ण धर्नामा प्रहरीले महिलाहरुमाथि ज्यादती एवं दुव्र्यवहार गरेको आरोप लगाएको छ । कार्यक्रममा पुरुष प्रहरीहरुले महिलाको चुल्ठो समातेर तान्नुका साथै गिरफ्तारीमासमेत पुरुष प्रहरी प्रयोग गरेर महिलामाथि हात लगाएको आरोप समाजले लगाएको छ ।

शान्ति समाजले सिंहदरबारको दक्षिणी गेटमा मानवअधिकारवादी अगुवा कृष्ण पहाडीको नेतृत्वमा धर्ना दिने क्रममा प्रहरीले दुव्र्यवहार गरेको समाजका महासचिव कुमारराज सुवेदीले अनलाइनखबरलाई बताउनुभयो । ‘महिलालाई समात्न पुरुष प्रहरी प्रयोग गरियो, कसैको चुल्ठोमा समातेर तानियो, कसैको खुट्टामा लठ्ठीले हान्ने काम प्रहरीबाट गरियो ।’ सुवेदीले भन्नुभयो । सरकारले मानव अधिकार उल्लंघनकर्तालाई पुरस्कृत गरेको र लोकतान्त्रिक तथा न्यायिक मूल्य मान्यतालाई कुल्चिएको घटनाको विरुद्ध शान्ति समाजले शुरु गरेको सत्याग्रह अन्तर्गत तेस्रो धर्ना प्रदर्शनमा समाजका सदस्यहरु सिंहदरबार दक्षिणढोकाबाट धर्नाका लागि पुगेका थिए । प्रहरीले ३ दर्जनभन्दा बढी अधिकारकर्मीहलाई गिरफ्तार गरेको थियो ।
गिरफ्तार हुनेहरुमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव कुमारराज सुवेदी, केन्द्रीय सदस्यहरु जानुका श्रेष्ठ भण्डारी, रत्नलक्ष्मी श्रेष्ठ, संयोजकहरु प्रताप पौडेल, कुमार घिमिरे, उत्तम पुडासैनी, बलबहादुर गाहामगर, मुरारी फुयाँल, रेणुका पौडेल, अन्जना अर्याल, रेणुका काउचा, प्रतिमा पन्थी, निमा गिरी, पुष्पा केसी, रविना कार्की, उद्धव रायमाझी, गणेश सुवेदी, बच्चुराम शर्मा, जयन्ता पोखरेल, सम्पुर रम्तेल, चन्द्रमणि बञ्जरा, शैलेन्द्र शर्मा गौडेल, दिवाकर अर्याल, गोविन्द मरासिनी, सागरकृष्ण सुनुवार, राजकुमार राना, राजकुमार श्रेष्ठ, तेजेन्द्र पाण्डे, मुकुन्दराज थापा, नारायण श्रेष्ठ, जगन्नाथ पुडासैनी, राजेश आलेलगायत रहेको समाजले जनाएको छ ।सत्याग्रह अन्तर्गत चौथो धर्ना जेठ ८ गते बुधबार ३ बजे सिंहदरबार दक्षिणढोकामै आयोजना हुनेमहासचिव सुवेदीले जनाउनुभएको छ ।
नागरिक समाजका अगुवाहरुले बुधबार एक प्रेसवक्तव्य जारी गर्दै रेग्मी सरकारविरुद्ध आन्दोलनमा उत्रने घोषणा गरेका छन् । तर, कृष्ण पहाडी संस्थापक सभापति रहेको मानवअधिकार तथा शान्ति समाजले भने सो आन्दोलनमा नमिसिई बेग्लै सत्याग्रहको आन्दोलन गर्ने भएको छ ।

 शम्भु थापा, सुशील प्याकुरेल, चरण प्रसाइँ र टीकाराम भट्टराई लगायतले शुरु गर्न लागेको आन्दोलनमा २५ बुँदे बाधा अड्काऊ खारेज गर्न र रेग्मी सरकारलाई राजीनामा गर्न माग गरिएको छ भने शान्ति समाजले रेग्मी सरकार गठन र लोकमानको नियक्तिको विरोध गरे पनि चाँडो निर्वाचनमा जोड दिएको छ । ‘हाम्रो जोड रेग्मीको राजीनामा नभएर चाँडोभन्दा चाँडो निर्वाचन गराइयोस् भन्ने हो ।’- समाजका एक नेताले अनलाइनखबरसँग भने ।


  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment