महिलाले पाइन् पेट जोडिएका जुम्ल्याहा बच्चा

03:50 Posted by npnews

भारतमा एक महिलाले पेट जोडिएका जुम्ल्याहा बच्चा पाएकी छिन् । पेट जोडिएका जुम्ल्याहा बच्चा जन्मिनु आश्चर्य त हो नै, अझ ठूलो आश्चर्य त के भने उनले अस्पताल नै नगईकन घरमै सामान्य तरिकाले यस्ता बच्चा पाइन् ।


भारतको महाराष्ट्रस्थित राइगाड जिल्लाको पानवेलमा बस्ने शलु पवार नामकी ती महिलाले केही दिनअघि मात्र यस्तो जुम्ल्याहा बच्चा घरमै जन्माएकी हुन् । शलुका श्रीमानले गाडी चलाएर परिवारको गुजारा गरेका थिए र श्रीमतीलाई सुत्केरी हुने बेला निकै पीडा भएपनि उनीसँग अस्पताल लग्ने पैसा नभएकाले घरमै सुत्केरी गराए ।
सामान्यतया यस्तो अंग जोडिएका जुम्ल्याहा बच्चा महिलाले सामान्य रुपमा पाउन सक्दैनन् र शल्यक्रिया गरेर निकाल्नुपर्छ । तर शलुले भने यो मान्यतालाई झुट सावित गरिदिइन् । बिचरीलाई न त आफ्नो पेटमा जोडिएका जुम्ल्याहा बच्चा छन् भन्ने थाहा थियो, न त थाहा भएरै पनि अस्पताल जाने औकात थियो । तर जे होस् दुखीसँग भगवान हुन्छ भन्ने उक्तिलाई चरितार्थ गर्दै उनले सकुसल रुपमा जोडिएका जुम्ल्याहा पाएकी छिन् ।
तर यी पेट जोडिएका जुम्ल्याहालाई अब के गर्ने ? कसरी उपचार गर्ने ? उनी र उनको श्रीमानलाई केही थाहा छैन । तर खुसीको कुरा के भने भारतमा यस्ता अंग जोडिएका जुम्ल्याहा बच्चालाई सरकारले नै उपचार गर्नुपर्ने सर्वोच्च अदालतले अघिल्लो हप्ता फैसला गरिदिएको छ । अब सायद यी बच्चाहरुले पनि सरकारी उपचार पाउँछन् होला । स्मरण रहोस् विश्वमा हरेक ४ लाख जिवित जन्मने शिशुमा १ जोडि जुम्ल्याहा यस्ता जोडिएका हुन्छन् ।

  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment