अमेरिकामा गोली चल्यो, १९ घाइते

01:34 Posted by npnews

३० बैशाख, एजेन्सी । विगत केही समयदेखी अमरिका तनावपूर्ण स्थितिबाट गुज्रिरहेको छ । विश्वको प्रमुख शक्ति राष्ट्रमा पछील्लो समयमा बेला-बेलामा हुने घटनाहरुले अमेरिकालाई पनि युद्ध क्षेत्रमा परिणत गर्छ की भन्ने शंका थपिँदै गएको छ ।

यसैबिच अमेरिकाको दक्षिणपूर्वी क्षेत्र ओरलिन्समा आमा दिवसको अवसरमा भएको एक कार्यक्रममा गोली चल्दा १९ जना घाइते भएका छन् । आइतबार दिउँसो चलेको गोली लागी १० वर्षका दुई बालबालिका र १० जना युवा घाइते भएका छन् । सबै घाइतेहरूको अवस्था सामान्य रहेको अमेरिकी अधिकारीहरूले जनाएका छन् । 

गोली प्रहारबाट घाइते भएका एक महिला र एक पुरूषको शल्यक्रिया गरिएपनि उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ । अधिकारीहरूका अनुसार उक्त गोली प्रहार आतंकवादी हमला भने नभएको जनाएको छ । 

यो भन्दा केही समय अगाडि बोस्टनको म्याराथुनमा भएको बम विस्फोटमा ३ जनाको ज्यान गएको छ भने २ सय ६० भन्दा बढी मानिसको घाइते भएका थिए । त्यो भन्दा अगाडि पनि केही यस्तै गोली प्रहारका घटनाहरू भइरहेका थिए ।

  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment