२८ हजार तिर्न नसक्दा प्रचण्डलाई थप्पड हानेको खुलासा , पदम कुवारलाई जेल चलान !

06:45 Posted by Admin

काठमाडौं ।
तोकिएको धरौटी रकम बुझाउन नसकेको भन्दै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई थप्पड हान्ने पदम कुँवरलाई आज जिल्ला प्रशासन कार्यालय काठमाडौंले जेल चलान गरेको छ ।
धरौटीबापत २८ हजार रुपियाँ बुझाउन नसकेपछि उनलाई जेल चलान गरिएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराइएका उनीसँग प्रमुख जिल्ला अधिकारी चुडामणि शर्माले २८ हजार धरौटी माग गरेका थिए । धरौटी रकम बुझाउन नसकेपछि उनलाई सुन्धारास्थित जगन्नाथ देवल कारागार पठाइएको छ ।

बाग्लुङका स्थायीवासी कुँवरले एमाओवादीको चियापान कार्यक्रममा प्रचण्डमाथि मंसिर १ गते थप्पड हानेका थिए । त्यसपछि प्रहरी हिरासतमा रहेका उनलाई आज प्रशासनमा उपस्थित गराइएको हो ।
पूर्वमाओवादी कार्यकता समेत रहेका उनलाई प्रचण्डले माफी दिएको सार्वजनिक रुपमै बताएका थिए । कुँवरले प्रचण्डलाई थप्पड हानेपछि एमाओवादी कार्यकर्ताले उनीमाथी आक्रमण गरी घाइते समेत बनाएका थिए ।
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment