प्रचण्ड र बाबुरामलाई भेटेर आफ्ना भनाई राख्न चाहन्छन् प्रचण्डलाई झाप्पु हान्ने पदम कुँवर (भिडियोसहित)

17:48 Posted by Admin

मंसिर २६ – एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सार्वजनिक रुपमै गालामा थप्पड हान्ने आफ्नै पार्टी निकटका पूर्व कार्यकर्ता पदम कुँवरले प्रचण्ड र प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भेट्न चाहेका छन् ।
पूरै परिवार जनयुद्धमा पार्टीमा खटेको र अहिले आर्थिक कमजोर अवस्था रहे पनि पार्टीले देश र कार्यकर्ता दुवैलाई नहेरेको भन्दै आक्रोशित भई अध्यक्ष प्रचण्डमाथि जाई लाग्ने ती कार्यकर्ताले प्रचण्ड र बाबुरामसँग भेट गर्ने इच्छा जाहेर गरेका हुन् ।

पदम पक्राउ परेदेखि नै उनको रेखदेख गर्दै आएका उनका भिनाजु भीम भारतीले पदमको भनाई उदृत गर्दै प्रचण्ड र बाबुरामलाई भेटेर आफ्ना भनाई राख्न चाहेको जानकारी दिएका हुन् ।

एक कुराकानीमा भारतीले आफूलाई समेत मानसिक रुपमा तनाव दिएको समेत दुखेको पोखेका छन् ।
जिल्ला प्रशासन कार्यालय पुर्‍याइएका उनीसँग प्रजिअ चुडामणी शर्माले २८ हजार रुपैयाँ धरौटी माग गरेको र आफूहरुसँग त्यत्रो पैसा नभएकाले निकाल्न नसकेको समेत बताएका छन् ।

यसैबीच, नेताहरुले जनतालाई ढाँटीरहने, गरेका वाचाहरु पूरा नगर्ने, शान्ति सुरक्षा नदिएको तथा संविधान पनि नबनाएको अवस्थामा दिक्दार भई नेताहरुलाई सजग गराउन कुँवरले झापड हानेको र अहिले २८ हजार तिर्न नसक्दा उनी जेल चलान हुन बाध्य भएको भन्दै डिसीनेपालका सञ्चालक रामहरी सुवेदीले उनलाई जेलबाट छुटाउन २८ हजार सहयोग समेत गरेका छन् ।
यता, कुँवरका भिनाजुले भने पदमको विषयमा यसो भनेका छन् भिडियो हेर्नुहोस्
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment