सुरु भयो अग्नि पीडितद्वारा तालाबन्दी र अनसन

19:27 Posted by Admin


बेलडाँगी ।
छाप्रा निर्माणको माग गर्दै अग्नि पीडित शरणार्थीले आज शिविरमा धर्ना तथा विभिन्न कार्यालयमा तालाबन्दी गरेका छन् ।
आगलागी पीडितहरू शरणार्थीहरूले पहिले भएकै ठाउँमा छाप्रा निर्माण हुनु पर्ने माग राख्दै शिविर व्यवस्थापन समिति, शिविर सुपरिबेक्षक, लुथरन विश्व फेडरेशन, यूएनएचसीआर फिल्ड असिस्टेन्ट लगायतका कार्यालयमा तालाबन्दी गरेका हुन् ।
आफूहरू एक सय एक आगलागि पिडीत परिवारले दवाव सृजनाका लागि शरणार्थी दातृ निकायको गाडीलाईसमेत रोक लगाएको पीडितका अगुवा नरबहादुर गुरुङ्गले बताए । आफू्हरुले पहिलेकै स्थानमा बस्ने व्यवस्था गरिदिन माग गर्दै अग्नि पीडितहरुले ती कार्यालयमा तालावन्दी गरी कामकाजमा अवरोध पुर्‍याएका थिए ।

आफ्ना मागहरु सम्बोधन नभएसम्म दातृ निकायको कार्यालय तथा शिविर प्रवेश नाकामा लगाएको बेरा नखोल्ने प्रतिनिधि रेनुका प्रधानले बताइन् ।
तालाबन्दी गरेपछि अग्नी पीडित शरणार्थीहरुले यूएनएचसीआर कार्यालय शिविर अगाडि बाँस तेर्स्याएर रिले अनसन शुरु गरेका छन् । पीडितहरुले आफूको घर जलेको स्थानमा बस्न पाउनु पर्ने, छाप्रा निर्माणका सामाग्री चाँडो उपलव्ध गराउनु पर्ने लगायतका माग गरेका छन् ।
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment