‘कुछ कुछ हो ता हे’ की अंजलीको साहरुखसँग रोमान्स गर्ने चाहना

06:20 Posted by Admin


निर्देशक करण जोहरले निर्देशन गरेको चलचित्र ‘कुछ कुछ हो ता हे’ आज पनि आमदर्शकको नजरमा ताजै छ । नायक साहरुख खान, रानी मुखर्जी र काजोलको त्रिकोणात्मक प्रेमकथामा आधारित यो सिनेमामा अर्की एक पात्र पनि थिइन् । रानी मुखर्जी र साहरुखको छोरी भएर अभिनय गरेकी अंजली सबैको पि्रय बनेकी थिइन् । चलचित्रमा ८ बषिर्य बालिकाको भुमिकामा अभिनय गरेकी अंजलीको बास्तवीक नाम साना हो ।उनै साना अहिले ठुली भैसकेकी छिन् । उनले करण जोहर र साहरुख खानले संयुक्त रुपमा निर्माण गरेको चलचित्र ‘स्टुडेन्ड अफ द इयर’मा तान्याको भुमिकामा अभिनय पनि गरेकी छिन् । हालै मात्र एक फेशन शो मा र्याम्प गर्दै गर्दा साना निक्कै खुशी देखिएकी थिइन् । कालो सारीमा सजिएकी सानालाई देख्दा उनी ‘कुछ कुछ हो ता हे की’ अंजली हुन् भनेर पत्याउन गाह्रो पर्दथ्यो ।
‘कुछ कुछ हो ता हे’ मा साहरुखको पि्रय छोरीको रुपमा अभिनय गरेकी साना अर्थात अंजलीलाई अब चलचित्रको पर्दामा उनै रोमान्सका बादशाहसँग रोमान्स गर्ने रहर जागेको छ । उनी साहरुखको प्रेमिकाको रुपमा सिनेमामा देखिने अभिलाषा बोक्दै छिन् । उनले साहरुखसँग चलचित्रको पर्दामा अभिनय गर्न मन लागेको बताएकी छिन् ।
‘कुछ कुछ हो ता ह’े मा आफ्नो प्यारी छोरीको रुपमा अभिनय गरेकी सानालाई साहरुखले प्रेमीकाको रुपमा स्विकार गर्छन् या गर्दैनन् त्यो हेर्न बाकी नै छ । तर साहरुख र सानाको जोडिले बलिउडमा पुन एकपटक चर्चा पाउने कुरामा दुइमत छैन ।
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment